दैलेख जिल्लाको पर्यटकीय स्थलको रुपमा रहेको गुराँस गाउँपालिका, कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट २५ कि.मि.को दुरीमा रहेको छ । तत्कालिन वराह,सेरी,खड्कवाड,गोगनपानी,पिलाडि,लालिकाँडा गा.वि.स.हरुलाई जोडेर हालको गुराँस गाउँपालिकाको निर्माण गरिएको हो ।झट्ट हेर्दा नेपालको नक्शा जस्तो देखिने गुराँस गाउँपालिका समुन्द्री सतहबाट सवै भन्दा कम ५४४ मिटरमा रहेको वडा नं. २ स्थित तल्लो डुङ्गेश्वर प्रसिद्ध कर्णाली नदीको किनारमा कर्णाली राजमार्गमा अवस्थित छ । भने सवैभन्दा वढी उचाई रहेको वडा नं.७ स्थित मालिका कोप्ची जाजरकोट जिल्लाको सिमानामा रहेको छ । करिब १६४.७९ वर्ग किलोमिटर क्षेत्रफल रहेको गुराँस गाउँपालिका व्यवसायीक आलु तथा तरकारी उत्पादन र पर्यटनको कारणले प्रख्यात रहेको छ । यस गाउँपालिकामा गुराँस फुलको मनमोहक दृष्य र चिसो हावापानीका साथै व्यवसायीक र मनोरञ्जनको उदेश्यले वर्षेनी हजारौ आन्तरिक र बाहेक पर्यटनहरु आउने गर्दछन् । गुराँस गाउँपालिकामा संचालित सवैजसो होटेलहरु लोकल कुखुरा कर्णाली तथा लोहोरे खोलाको माछा र स्थानीय खानेकुराको कारणले भरिभराउ हुने गरेको पाईन्छ । यहाँको बार्षिक औषत तापक्रम २५ डिग्री सेल्सीयस देखि ३५ डिग्री सेल्सीयस सम्म रहेको छ । सम्भतः कर्णाली प्रदेशको राजधानीबाट प्रदेशका अन्य पहाडी र हिमाली जिल्लाहरुमा जानको लागि मुलद्धारको रुपमा रहेको गुराँस गाउँपालिका कृषि,पशुपंक्षि,वन,जडीबुटी,पर्यटन तथा साना अन्य उद्योगहरुको लागि उपयुक्त स्थान रहेको छ
SUTRA बाट हुने कर तथा राजस्व सङ्कलन तथा भुक्तानी सेवा बन्द हुने सम्बन्धी सार्बजानिक सूचना।
सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा अत्यन्त जरुरी सूचना.
सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण सम्बन्धमा अत्यन्त जरुरी सूचना.
करार सेवा सम्बन्धमा।
सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना।
राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने सम्बन्धी सूचना।
गाउँसभाको १८ औँ अधिबेशनमा उपस्थित हुने सम्बन्धमा।
मिति २०८३/०३/२६ गते देखी २०८३।०३।२८ गते सम्म गुराँस गाउँपालिकाका उपाध्यक्ष श्री शिवा कुमारी खड्का ज्यूको अध्यक्षता, गुराँस गाउँपालिकाका अध्यक्ष श्री टोप बहादुर बि. सी ज्यूको प्रमुख आथित्यता, प्रमुख प्रशासकीय अधिकृत श्री ओम प्रकाश देवकोटा ज्यूको आथित्यता र
मिति २०८३/०३/२६ गते देखी २०८३।०३।२८ गते सम्म गुराँस गाउँपालिकाका उपाध्यक्ष श्री शिवा कुमारी खड्का ज्यूको अध्यक्षता, गुराँस गाउँपालिकाका अध्यक्ष श्री टोप बहादुर बि. सी ज्यूको प्रमुख आथित्यता, प्रमुख प्रशासकीय अधिकृत श्री ओम प्रकाश देवकोटा ज्यूको आथित्यता र