समाचार
मिति २०८२।०१।१५ गते बालबालिका सम्बन्धी ऐन, २०७५ मा रहेका बाल सहभागिता सम्बन्धी कानुनी प्रवधानहरुको कार्यान्वयन मापन प्रयोजनार्थ स्थलगत अध्ययन/ अवलोकन सरोकारवालासँग छलफल कार्यक्रम
मिति २०८२।०१।१५ गते बालबालिका सम्बन्धी ऐन, २०७५ मा रहेका बाल सहभागिता सम्बन्धी कानुनी प्रवधानहरुको कार्यान्वयन मापन प्रयोजनार्थ स्थलगत अध्ययन/ अवलोकन सरोकारवालासँग छलफल कार्यक्रम गुराँस गाउँपालीकाका अध्यक्ष श्री टोप बहादुर बि सी ज्यूको अध्यक्षता र सँघिय संसद राष्ट्रिय सभा बिधायन व्यवस्थापन समितिका सभापती माननीय तुलसा कुमारी दाहालको प्रमुख आथित्यमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा गुराँस गाउपालीकाका उपाध्यक्ष श्री शिवा कुमारी खड्का ज्यूले स्वागत मन्तव्य दिएर स्वागत गर्नुभएको थियो।
उक्त कार्यक्रममा माननीय गंगा कुमारी वेलवासे, माननीय जयन्ती देवी राई, माननीय तारामान स्वार, माननीय राधेश्याम पासवान , माननीय विष्णुदेवि पुडासैनी , उपसचीव श्री नुमराज खनाल शर्मा, श्री प्रकाश ज्ञावली, श्री अनिता पाण्डे, श्री गंगा गुरङ र श्री गौरव के सी को उपस्थिती थियो ।